दाङमा सशत्र प्रहरी सहायक हवल्दारले आफैलाई गोली हानी गरे आत्महत्या
दाङ | बैशाख ४, २०८०
दाङ: दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
आत्म हत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८: ४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवाल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ’,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक मल्लले भने,‘घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको छ ।’
४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवाल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

